images
images

तराई-मधेसका नेताहरूमाथि राज्यबाट निरन्तर अन्याय भयो : महन्थ ठाकुर

काठमाडौँ -लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं सांसद महन्थ ठाकुरले तराई-मधेसका नेताहरूमाथि राज्यले निरन्तर रूपमा अन्याय गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन्। सांसद थाकुरले थारु-मधेसी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको र आफूहरूमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले नसुनेको बताएर।

उनले अब राज्य सुनाउने ठाउँ नरहेको समेत गुनासो गरे। यस्तै रेशम चौधरीलाई फर्जी पत्रका आधारमा बिनाकारण पक्राउ गरी ५ घण्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको धारणा पनि सांसद ठाकुरले राखे।