images
images

प्रचण्ड र विष्णु पौडेलबीच खुमलटारमा भेट, के भयो कुराकानी?

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।

दुवै नेताबीच आज अध्यक्ष दाहाल निवास खुमलटारमा भेटवार्ता भएको हो। आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा दुवै नेताबीच छलफल भएकाे बताइएकाे छ ।

 

 

आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरिरह्नुभएको छ।

हिजो सोमबारको संसद् बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिचको भेट र हाउभाउलाई लिएर यतिबेला निकै चर्चा भइरहेको छ।