images
images

आज प्रचण्ड, माधव, उपेन्द्र र विप्लव भेला हुँदै

काठमाडौं, साउन १४ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेकपानिकट विद्यार्थी संगठनहरुको पनि मोर्चा बन्ने भएको छ । समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा आज दिउँसो १२ः०० बजे हुने भएको छ ।

ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको छ । उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।