काठमाडौं, २३ बैशाख – नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माले आर्थिक अभावमा उपचार नपाएकी युवतीको उद्धार गरेका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ अन्तर्गत पर्ने कानेपोखरी गाउँपालिका–३, मुसहर बस्तीकी कौशिला मुसहरको उद्धार गरेका हुन् ।
डा. शर्माले देशका सात ठाउँमा निजी लगानीमा एम्बुलेन्स सेवा दिइसकेका छन् । उनले हालै मोरङको बेलबारीमा पनि नयाँ एम्बुलेन्स हस्तान्तरण गरेका छन्। साथै, उनको पहलमा नोबेल मेडिकल कलेजमा निर्वाचन क्षेत्रका नागरिकका लागि ५० शय्याको निःशुल्क क्याबिन सञ्चालनमा छ।
उनी प्रतिनिधिसभाका एकमात्र सांसद हुन् जसले आफ्नो पदको तलब भत्ता लिँदैनन्। सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका उनले उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउँदै आएका छन्।









