शिक्षकहरुसंग गरिएको सहमतिको कार्यन्वयन आउदो बजेट मार्फत गर्नु पर्छ: प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल


सम्माननीय सभामुख महोदय,
आन्दोलनरत शिक्षकहरुको मागलाई सरकारले सहमति गरेसँगै मन्त्रीपरिषद्को बैठकबाट तत्काल माग सम्बोधन गर्नका लागि ८ वटा निर्णय गरेर सरकार धन्यबादको पत्र बनेको छ । अब पालो गरिएको सहमतिको कार्यान्वयन हो । तसर्थ, सरकारले शिक्षकहरु संग गरिएको सहमतिको कार्यन्वयन आउदो बजेट मार्फत गर्नु पर्छ ।
बिगतमा सरकारहरुले सहमति गर्दा उदारता देखाउने अनि कार्यन्वयनमा अनुदार हुने गरेकोले शिक्षकहरु अझै पनि बिश्वस्त हुन सकेका छैनन् । अहिलेको जनउतरदायी सरकारले शिक्षकहरुसंग गरेको सहमतिका बुदाहरु जस्तै उपचारमा सहुलियत दिने, विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, अस्थाई प्रकृतिका शिक्षकका सेवा, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने, राहत शिक्षक लगायतका बिषयहरु ढिलासुस्ती नगरी कार्यन्वयन गर्नको लागि सम्माननीय सभामुख महोदय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्दछु ।
धन्यवाद।









