images
images

चीनले आफ्ना नागरिकलाई भन्योः नेपाल–भारत सीमा क्षेत्रमा नजानू

काठमाडौँ – नेपालस्थित चिनियाँ राजदूतावासले आफ्ना नागरिकहरूलाई नेपाल–भारत सीमा क्षेत्रमा नजान आग्रह गरेको छ।

दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै भारत र पाकिस्तानबीच तनाव बढेकोले सीमा क्षेत्रमा नजान भनेको हो।

 

दूतावासले भारतको भिसा भए पनि भारतीय भूमिमा नजान आफ्ना नागरिकहरूलाई सुझाव दिएको छ।

त्यस्तै, सीमा क्षेत्रमा कुनै तस्बिर पनि नखिच्न पनि चिनियाँ दूतावासले आफ्ना नागरिकलाई आग्रह गरेको छ।