images
images

काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी [भिडियो सहित]

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर १६ ठमेल सातघुम्ती चोक नजिक आगलागी भएको छ ।


शुक्रबार दिउँसो साढे १२ बजेको समयमा उर्मिला श्रेष्ठको ४ तले पक्कि घरको दोस्रो तलामा आगालागी भएको प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले बताए ।

उनका अनुसार दोस्रो तला राजन श्रेष्ठले भाडामा लिई  फुलमुन क्लबमा सञ्चालन गरेका थिए । विद्युत् सर्ट भई आगलागी हुँदा दोस्रो र तेस्रो तलामा क्षती भएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी काठमाडौँ महानगरपालिकाको तीन वटा दमकल, बुढानिलकण्ठ नगरपालिकाको एउटा दमकल,पानी ट्याङकर,नेपाल प्रहरी र स्थानिय सहायताले एक घण्टापछि आगालागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

copy_9675A710-6392-4F14-9C67-0AABD0EB80B0 copy_A889830C-2449-4BEF-8661-7A00D78406DD