images
images

यस्तो छ माओवादीको मध्यपहाडी अभियानको कार्यतालिका

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको खाका तयार पारेको छ ।

‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी खाका तयार भएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार अभियान जेठ २ गते सुदूरपश्चिमको बैतडी जिल्लाको पाटनमा अभियान उद्घाटन हुनेछ ।

कार्यक्रमको स्वरूप– मध्यपहाडी लोक मार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले १–१ स्थानमा जनसभाको आयोजना गर्ने र प्रत्येक जिल्ला समन्वय समितिले ११ स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने । कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको जनसभाहरूलाई अभियानकै कार्यक्रमको रूपमा समावेश गर्ने उनले बताए ।

बाँकी जिल्लाहरूमा अनुकूल समयमा जनसभाहरू आयोजना गर्नेछ । वैशाख २१ गते बसेको माओवादी पदाधिकारी बैठकले जेठ २ गतेबाट दोस्रो चरणको अभियान सञ्चालन जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । महासचिव देव गुरुङको संयोजकत्वमा उपमहासचिवहरू गिरिराजमणि पौडेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सम्बन्धित प्रदेशका पदाधिकारीसँग समन्वय गरी अभियानको खाका बनाएको हो ।

लोकमार्गमा पर्ने प्रत्येक जिल्लाले जनदिशा लागु गरी १–१ दिन सबै जिल्लामा बसोबासको व्यवस्था मिलाएको उपाध्यायले जानकारी दिए । पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरेको थियो । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।

यस्तो छ समय तालिका 
-२०८२ जेठ १ गते बेलुका डडेलधुरा
-२०८२ जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसम्वाद
-२०८२ जेठ ३ गते, अछाम मङ्गलसेन जनसंवाद
-२०८२ जेठ ४ गते, दैलेख सदरमुकाम जनसभा
-२०८२ जेठ ५ गते, जाजरकोट खलङ्गा जनसंवाद
-२०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद
-२०८२ जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोट जनसंवाद  र रोल्पाको थबाङमा जनसभा
-२०८२ जेठ ८ गते बागलुङ जनसंवाद
-२०८२ जेठ ९ गते पर्वत कुस्मा जनसंवाद
-२०८२ जेठ १० गते कास्की (पोखरा) जनसभा
-जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको निर्णय