images
images

महन्थ ठाकुरसँग भारतीय नेता भगतसिंहको भेटवार्ता

काठमाडौँ -भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) का भारतीय संयोजक भगतसिंह कोश्यारीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।

भेटमा दुई नेताले भारत र पाकिस्तानबिच पछिल्लो समय बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। कोसियारीले पाकिस्तानले भारतमाथि आक्रमण सुरु गरेपछि मात्र भारतले प्रतिकार गरेको स्पष्ट पार्दै आतङ्कवादको विरुद्धमा सारा विश्व एक ठाउँमा उभिन आवश्यक रहेको बताए।

लोसपा अध्यक्ष ठाकुरले पनि नेपाल र नेपाली जनताको तर्फबाट आतंकवादविरुद्धको अभियानमा भारतको समर्थनमा उभिएको धारणा राखे। उनले नेपालले आफ्नो भूमि कुनै पनि राष्ट्रविरुद्ध प्रयोग हुन नदिने स्पष्ट नीति लिएको उल्लेख गर्दै आतंकवादविरुद्ध भारतले चालेको कदम उचित भएको बताए।

भेटवार्तामा दुबै नेताले क्षेत्रीय शान्ति, स्थायित्व र सहयोगको आवश्यकतामा जोड दिएका थिए। साथै नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।