images
images

अर्थ समितिको सभापतित्व गर्दै विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सभापतित्व गर्ने भएका छन् । विपक्षीले भने स्वार्थ बाझिने भन्दै विरोध गरेका छन् ।

सोमबार (आज) बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । स्वार्थ बाझिने भएकाले चौधरीले समितिमा बस्नसमेत नमिल्ने आवाज उठ्दै आएको छ ।  प्रतिनिधिसभा अन्तर्गतका समितिहरूको सभापति चयन नहुँदासम्म समितिका जेष्ठ सदस्यले बैठकको सभापतित्व गर्नुपर्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ ।