images
images

आठ वर्ष पहिलेकाे तस्बिर देखाएर मेराे बदनाम गर्न खाेजियाे, भ्रममा नपर्न आग्रह : वर्षमान पुन अनन्त

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व मन्त्री वर्षमान पुन अनन्तले सुन तस्करी काण्डमा आफ्नो र परिवारकाे नाम जाेडेर अनावश्यक भ्रम सिर्जना गरेकाेमा आपत्ति प्रकट गर्नुभएको छ ।

नेपाली वाम राजनीतिका प्रभावशाली नेताका रूपमा परिचित अनन्तले सय किलाे सुन तस्करीमा गिरफ्तार गरिएका दावा लामा र अमला राेकासँग ८ वर्ष पहिले खिचेकाे तस्बिरलाई जाेडेेर प्रचार गरिनु दुखद रहेको बताउनुभएको छ ।

आठ वर्ष अगाडिको तस्बिर , जाे भाइरल बनाइएको छ ।

आइतबार पक्राउ परेका चिनियाँ व्यापारी तथा ठमेलका हाेटल सञ्चालक दावा र अमलासहितको तस्बिर विभिन्न समाचार एजेन्सी र सामाजिक सञ्जालहरूमा प्रचार भइरहेको छ ।

नेता पुनले त्यसपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै साे तस्बिर आठ वर्ष पहिले शहिद परिवार, राेल्पाली चेली  अमलासहित खिचेको र अहिलेकाे सुन तस्करी जस्तो अपराधमा आफुहरूकाे कुनै पनि संलग्नता नरहेकाे तथा सुन तस्करीको निष्पक्ष छानवीनकाे लागि पुर्ण समर्थन गर्दै सहयाेग गर्ने बताउनुभएकाे छ ।

उहाँले भन्नुभएको छ- `सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निस्पक्ष छानविनको म पूर्णरूपमा समर्थन गर्दछु।´

नेता अनन्तले राजनीतिक पुर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न पनि आम जनसमुदायसँग अपिल गर्नुभएको छ ।

हेर्नुस् उहाँको स्टाटस

जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासंग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भईसकेको तस्बिरलाई अहिले मसंग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ। सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निस्पक्ष छानविनको म पूर्णरूपमा समर्थन गर्दछु। राजनीतिक पुर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सवैसंग हार्दिक आग्रह गर्दछु।