काठमाडौँ – प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल सुरु भएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।









