images
images

सत्ता गठबन्धन धेरै जाला जस्तो लाग्दैनः वर्षमान पुन

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सत्तागठबन्धन धेरै अगाडि जान नसक्ने बताएका छन्।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नीति तथा कार्यक्रममा नीति कांग्रेसको र कार्यक्रम एमालेको भएको आरोप लगाए।

 

उनले नीति एकातिर र कार्यक्रम अर्कैतिरबाट आएकाले कार्यान्वयनमा शंका गर्नुपर्ने भन्दै सत्तागठबन्धन धेरै लामो समय नटिक्ने जिकिर गरे।

उनले उल्टो बाटोमा हिँडेको सरकारले ल्याएको नीति तथा कार्यक्रम भएकाले प्रतिक्रिया दिन पनि अप्ठ्यारो भएको दाबी गरे। उनले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री गम्भीर नदेखिएको उनको भनाइ छ।

उनले भने, ‘दुई ठुला पार्टीहरुको गठबन्धन धेरै जाला जस्तो लाग्दैन यो तालले। उहाँहरुको जाला नजाला तर यो देशले जनताले सबैले दुःख पाउने भयो। नीति कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफमा सरकार प्रधानमन्त्री त्यति गम्भीर पाइएन।’