images
images

मधेस प्रदेश : जनमतका बिना विभागीय मन्त्री र राज्यमन्त्रीले दिए राजीनामा

जनकपुरधाम- मधेस प्रदेशका बिना विभागीयमन्त्री र राज्यमन्त्रीले राजीनामा दिएका छन्। मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले पार्टीको निर्देशनपश्चात् राजीनामा दिएका हुन्।

जनमत पार्टीका संसदीय दलका नेता महेश  यादव अनुसार दुबैजनाको स्थानमा चन्दन सिंह र मन्जु खणलाई पठाइने छ।

मुख्यमन्त्री सरोजकुमार यादवसँगै बिना विभागीयमन्त्रीको रूपमा सपथ लिएका कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको थियो तर गठबन्धन दल फेरिएपछि पुन: मन्त्रिमण्डल विस्तार हुँदा उनलाई विना विभागीय गरिएको थियो।

आज मन्त्रीपरिषद् बिस्तार हुन लाग्दा मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन्।