images
images

काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध

काठमाडौँ – काभ्रेको रोशी खोलामा आएको बाढीले सडक बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । सोमबार राति आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको हो ।

बाढीले  रोशी गाउँपालिका १२ माम्तीस्थित सडक बगाएको हो । अहिले राजमार्गमा गुडिरहेका गाडीहरूलाई सुरक्षित स्थानमा रोकेर राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले जानकारी दिए ।

सडक सुचारु गर्नको लागि पहल भइरहेको समेत उनले बताए । यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै केही सवारी साधनलाई सिन्धुलीतर्फ नै फर्काइएको समेत उनले बताए ।  बाढीको बहाव घट्ने क्रममा रहेको समेत उनले बताए ।