काठमाडौं -गत १५ चैतमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुन: म्याद थपका लागि अदालत पेश गरेको छ ।
राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतका आरोपितलाई आठौंपटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।
मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।


लाल्टिन खबर 






