images
images

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ – प्रतिनिधि सभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न नदिने अडान लिएपछि आजका लागि बोलाइएको बैठक बस्दै नबसी मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको झण्डै १०० किलो सुनको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै यसअघि साउन १० गतेको प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो।

एमाले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडानमा कायमै छ। एमालेले अडान नछाडेपछि आज बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।