जेठ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदरको नयाँ सूची निकालेका छन् । जसअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम् ब्याजदर यथावत राख्दा ३ वटाले घटाएका छन् भने ३ वटाले बढाएका छन् ।
नेपाल बैंक, एभरेस्ट बैंक र सानिमा बैंकले जेठका लागि ब्याजदर बढाएका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकले ब्याजदर घटाएका छन् ।
यसअनुसार अब व्यक्तिगत मुद्दतीको औसत ब्याजदर जेठ महिनाका लागि ५.९५२ प्रतिशत कायम भएको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत थियो ।
जेठका लागि कुन बैंकले कति तोके ब्याजदर ?




लाल्टिन खबर 






