images
images

सत्ता गठबन्धन दायाँबायाँ हुँदैन, पाँचै वर्ष जान्छः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् । सोमबार साउन १५ का अवसरमा सिंहदरवारस्थित खिर खाने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् ।

उनले  भने, ‘अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जान्छ । त्यसमा दायाँबायाँ हुँदैन । अब ढुक्कसँग काम गर्नुस् बीचमा थोरै गठबन्धन के होला जस्तो भयो । अब सबै अन्योल हटेको छ ।’ प्रधानमन्त्रीले हिजोमात्र प्रधानमन्त्री कार्यालयलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल गरिएको भन्दै खिर खाने कार्यक्रम राखेर राम्रै भएको बताए । ‘यो हाम्रो आफ्नै मौलिक चाड पनि हो । यसले एक आपसमा घुलमिल गर्न सहयोगै गर्छ भन्ने ठानेको छु’, प्रधानमन्त्रीको भनाइ छ ।

साउन २ देखि १० गतेसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धनलाई निरन्तरता दिने  निर्णय गरेको भन्दै उनले कांग्रेसकै सहमतिमा समाजवादी मोर्चा समेत बनेकाले गठबन्धन ५ वर्ष जानेमा कुनै शंका नगर्न प्रचण्डको आग्रह छ ।