काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनाइएको सिफारिस समिति पुनर्गठन भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समिति पुनर्गठन गरेको हो।
समितिका सदस्य डा. विश्व पौडेलले सम्भावित गभर्नर नियुक्तिका कारण राजीनामा दिएपछि समिति पुनर्गठन गरिएको हो।
डा. पौडेलको ठाउँमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकपछि जानकारी गराएका छन्।



लाल्टिन खबर 






