images
images

सत्य निरूपण तथा बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं- सरकारले लामो समयदेखि रिक्त रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य सम्पादन गर्ने दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पाँच–पाँच सदस्य नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकपछि जानकारी दिए।

 

मन्त्री गुरुङका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएका छन्।

नियुक्त भएका सबै पदाधिकारीको तलब भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह हुनेछ र उनीहरुको कार्यकाल चार वर्षको हुनेछ।

यी हुन् दुवै आयोगका पदाधिकारीहरू:

सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्यहरू:

१) महेश थापा, अध्यक्ष
२) अच्युत प्रसाद भण्डारी, सदस्य
३) टिका प्रसाद ढकाल, सदस्य
४) पदम बहादुर शाही, सदस्य
५) कुमारी कौशल्य ओझा, सदस्य

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्यहरू:

१) लिलादेवी गड्तौला, अध्यक्ष
२) गोपालनाथ योगी, सदस्य
३) अग्निप्रसाद थपलिया, सदस्य
४) सिर्जना पोखरेल, सदस्य
५) विनिता नेपाली, सदस्य