images
images

टेरामक्स प्रकरण : सांसद बस्नेतको पद निलम्बन भएको सदनलाई जानकारी

काठमाडौँ -प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेतको पद निलम्वन भएको पत्र पढेर सुनाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीमेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बन भएका हुन् ।

टेरामक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमाथि तीन खर्ब २१ करोड बिगो माग दाबी गरिएको छ ।