images
images

हुम्लाको नाम्खाका बासिन्दालाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन आग्रह

सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाको नाम्खा गाउँपालिका– ६ को तिलगाउँमा लेदोसहितको पहिरोको जोखिम रहेकाले बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

हिमताल फुटेर पहिरो आएकाले बस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको तर अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले गम्भीर बनाएको उनको भनाइ छ ।

उनले तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

दाहालले हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई समेत निर्देशन दिएका छन् ।

साथै उनले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् ।