images
images

मन्त्रिपरिषद्को नियमित बैठक आज ५ बजेका लागि तह

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ बजेका लागि बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

४ बजे बस्न लागेको संवैधानिक परिषदको बैठक लगत्तै बस्ने मन्त्रिपरिषद् बैठकले केही प्रशासनिकसँगै अन्य महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । बैठकले केही सचिवको सरुवा गर्न सक्नेसमेत बुझिएको छ ।