भारतीय जनता पार्टी (भाजपा)का नेता डा. विजय जोलीले चाकसीबारीमा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेट गरेका छन्।

भेटका क्रममा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ। साथै, दुई देशबीचको आपसी हित, सहयोग, र क्षेत्रीय सहकार्यका विषयमा पनि सकारात्मक कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ।
नेता जोली हाल नेपाल–भारत सम्बन्धको विविध आयाममा विचार आदानप्रदान गर्न नेपाल भ्रमणमा रहेका छन्।










