images
images

विवेकशील साझाले प्रकाशन गरेको गौरवमय साँस्कृतिक मानचित्र उपराष्ट्रपति यादवलाई हस्तान्तरण:

प्रेस नोट:

अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय ईतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझा पार्टीले प्रकाशन गरेको “ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र” उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हिजो श्रावण १५ गते हस्तान्तरण गरेको हो।

पार्टी अध्यक्ष समिक्षा वास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शना, प्रवक्ता आशुतोष प्रधान र केन्द्रीय सदस्य नवराज थापा सम्मिलित टोलीले उपराष्ट्रपति यादवलाई गौरवमय साँस्कृतिक मानचित्र हस्तान्तरण गरेर अभियान शुरु गरिएको छ।

एशियाको प्राचीन राष्ट्र नेपालको सुगौली सन्धि अगाडीको भू-भाग र वर्तमान भु-भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि वौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन।

गौरवमय इतिहासमा “मानसरोवरदेखि गंगा मैदान” सम्मका धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काईएको छ।

विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियान बमोजिम यो अभियान थालेको हो।

…………………………….
आशुतोष प्रधान
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: २०८०/०४/१६ गते