काठमाडौँ – सरकारले डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्का प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले गभर्नरमा डा. पौडेललाई नियुक्त गरिएको जानकारी दिए।
आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेलसहित तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो।
करिब २ महिना लामो अन्योल र छटपटीबीच सरकारले गभर्नर नियुक्त गरेको हो। पौडेल नेपाली कांग्रेसको कोटामा गभर्नर बनेका हुन्।



लाल्टिन खबर 






