images
images
images

पूर्वअर्थमन्त्री पाण्डेको सुझाव: भ्रष्टाचार रोक्न ५ सय र हजारको नोटमा लगाऔँ प्रतिबन्ध

पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले भ्रष्टाचार रोक्न पाँच सय र एक हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाउन आवश्‍यक भएको बताएका छन्।

नेपाली कांग्रेसको नीति तथा योजना विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘..भ्रष्टाचार नियन्त्रण गाह्रो काम छैन। पाँच सय र एक हजार दरको नोट बन्द गरिदिऔं, नछापौं,’ उनले भने, ‘नागरिकलाई अहिले नै आतंकित नपारौं। ०८५ पछि पाँच सय र एक हजारको नोट चल्दैन भनेर भनिदिऔं।’

उनले अब सरकारले सय रूपैयाँको मात्रै नोट छाप्नुपर्ने बताए। यसो गर्दा भष्टाचार गर्न समस्या हुने उनको तर्क थियो।

‘कसैले एक करोड घुस खानुपर्‍यो भने पनि एक ट्रक लिनुपर्‍यो, त्यसका लागि कोठा बुक गरेर भाडामा राखेर ताला लगाएर पैसा राख्नुपर्‍यो। यो सम्भव हुँदैन,’ उनले भने।