images
images

शिक्षा ऐन संसद्मा पेस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं। सरकारले संघीय शिक्षा ऐनको विधेयक संसद्‍मा पेस गर्ने निर्णय लिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन्।

‘संघीय शिक्षा ऐनलाई संसद्मा पेश गर्ने गरी आजको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ’, उनले भनिन्, ‘मन्त्रिपरिषद्को विधेयक समितिबाट आएको उक्त ऐनलाई संसद्‍मा पठाउन बैठकले स्वीकृति दिएको हो।’