images
images

बढ्यो पेट्रोल र डिजेलको मूल्य :खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटयो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।

पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७-७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ

खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटयो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरेर निगमले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको हो ।

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि एलली ग्यासमा नाफा नखाने नीति लिएको छ । अन्य पेट्रोलियम पदार्थमा नाफा लिने भएपनी एलपी ग्यासमा नाफा नलिने नीति लिएको प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए ।

यससँगै अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६६० रुपैयाँ पर्ने भएको छ । यसअघि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १७९० रुपैयाँ थियो ।

CamScanner-08-01-2023-21.09_page-0001