images
images

देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसनजस्तो भयोः उपप्रधानमन्त्री सिंह

काठमाडौँ – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसनजस्तो भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौँ महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

 

उनले अहिले के भयो र? के भएको छ र? जस्ता भाष्यहरु बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको बताए।

अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो? भन्दै उनले प्रश्न गरे। संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको उनको भनाइ थियो।

उनले नकारात्मक कुरालाई प्रचार गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाए।