images
images

माओवादी केन्द्रीय समिति बैठक आजबाट, ७५८ जना सहभागी हुने

काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रीय केन्द्रीय समिति बैठक आजबाट बस्दैछ । सो केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरे पछि ११ बजे देखी सुरु हुने भनिएको केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।