माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने

काठमाडौँ । माओवादी केन्द्रीय समिति बैठक लाइभ (प्रत्यक्ष प्रसारण) नगर्ने भएको छ ।

यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । तर बैठक लाइभ गर्ने सम्बन्धमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि स्थगित गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लाइभ स्थगित गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

केन्द्रीय समितिको एजेन्डा लगायत विषयमा बैठक जारी रहेको उनले बताए । केन्द्रीय समिति बैठक दिउँसाे ११ बजेपछि प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ ।

बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्नका लागि ५-५ मिनेटको समय दिइनेछ।

माओवादीले मंगलबार सबै केन्द्रीय सदस्यहरूलाई परिचयपत्र वितरण गरिसकेको छ।

२०७९ सालकाे असारमा पहिलोपटक माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसेको थियो।