images
images

रमेश लेखकमाथि आधिकारिक सूचना बनाउने उद्देश्यले कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १२ जेठ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।  बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ ।

बैठकमा गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकका विषयमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । “आजको बैठकले रमेश लेखकबारे पार्टीको आधिकारिक धारणा बनाउनेछ,” ती पदाधिकारीले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक मोटो रकम घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । 

 

उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ । कांग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

पूर्वपदाधिकारीसहितको बैठकमा क्रियाशील सदस्यता नवीकरणका बारेमा पनि छलफल हुनेछ । महामन्त्री गगन थापाको संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति निर्माण भएको छ ।

यो समितिले असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न मातहत समितिहरूलाई यसअसघि नै निर्देशन दिएको छ ।

क्रियाशील सदस्यताबारे कांग्रेसमा २१ सय उजुरी परेका छन् ।