images
images

कार्यपालिका बैठक बोलाउन माग गर्दै मेयर बालेनलाई सुनिता डंगोलको पत्र

काठमाडौं, १२ जेठ – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका छन् ।

महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बसको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ ।

‘कम्तिमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिका भित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णय लगायत पनि अन्योलमा पर्दै आएका छन्,’ कार्यपालिका सदस्य नवीन मानन्धरले भने, ‘स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन ।’