काठमाडौँ- भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई १० दिनपछि हाजिर हुने गरी तारेखमा राखिएको छ।
जेठ ७ गतेदेखि तीन दिनसम्म अख्तियारमा हाजिर हुँदै आएका भट्टराईलाई अब १० दिनपछि हाजिर हुने गरी तारेखमा राखिएको हो।
अख्तियार स्रोतका अनुसार उनको मोबाइल फोन परीक्षण गर्न प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र रिपोर्ट नआएकाले अख्तियारले उनलाई १० दिनपछि हाजिर हुन भनेको हो।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख छँदा भट्टराईले भिजिट भिसाको सेटिङ गरेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको थियो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयसमेत मुछिएपछि उनको राजीनामाको माग तीव्र बनेको छ।


लाल्टिन खबर 






