images
images

मन्त्रिपरिषद् बैठक निर्णय : चार जना सचिवको सरूवा, अरू के-के गर्‍यो निर्णय ?

काठमाडौँ -सरकारले चार जना सचिवहरूको सरूवा गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा र उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्‍याललाई शिक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा प्रदेशका सचिव महादेव पन्थलाई ल्याएको छ । त्यसैगरी राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।