images
images

वार्षिक ५१ हजार भाडा तिरेर पाँच करोड आम्दानी गर्दै आएको गौशाला धर्मशालासँगको सम्झौता रद्द

अब चलनचल्तीको मूल्यअनुसार लिजमा लगाइने

पशुपति क्षेत्र विकास कोषले कौडीको भाउमा लिजमा दिएको पशुपति गौशाला धर्मशालासँगको सम्झौता रद्द गरेको छ । सहरको मुख्य चोकमा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समितिले वार्षिक ५१ हजार रुपैयाँमा प्रयोग गर्दै आएकामा अब चलनचल्तीको मूल्यअनुसार लिजमा लगाउने भन्दै सम्झौता रद्द गरेको हो ।

कोषको स्वामित्वमा राख्ने र सो संस्थाबाट हुने आम्दानीलाई पारदर्शी गर्दै कोषको अधिकतम हितमा हुने गरी उक्त संस्थासँग वार्ता गरी सञ्चालन कार्यविधिसमेत बनाई आगामी परिषद्को बैठकमा पेस गरी अनुमोदनपश्चात् व्यवस्थित गर्न कोष व्यवस्थापनलाई निर्देशन दिन उपयुक्त हुने ।’

०६४ साउनदेखि पशुपतिमा गंगा आरती हुँदै आएको छ । ३० असार ०७१ मा कोषले सो समितिलाई खर्च विवरण उपलब्ध गराउन पत्राचार गरे पनि हालसम्म उपलब्ध गराएको छैन । कुनै व्यक्तिको जन्मदिनलगायत अवसरमा आरती गर्दा सो संस्थाले न्यूनतम एक हजार पाँच सय रुपैयाँ लिँदै आएको छ । कोषको सहमतिविना यसरी पैसा लिएर आरती गर्दै आएको विषय विवादित बनेपछि विगतमा विभिन्न निकायमा उजुरीसमेत परेको थियो । जसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा महालेखापरीक्षकको कार्यालयले आरतीलाई कोषमातहत ल्याउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार आरतीलाई व्यवस्थित, पारदर्शी बनाउन सो कार्यविधि बनाई कोषमातहत ल्याउन लागिएको कोषका सदस्य खत्रीले बताए । नयाँ पत्रिका