images
images

सांसद सिंहका स्वकीय सचिव पक्राउ

काठमाडौँ, १३ जेठ – मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको खातामा राखेको अख्तियारले उल्लेख गरेको छ । सो रकम कायस्थको खातामा समेत जम्मा गरी सरकारी रकम दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको ठहर छ ।

जनकपुर उपमहानगरपालिका-९ सरस्वती टोल बस्दै आएका ६५ वर्षीय कायस्थलाई आज दिउँसो जनकपुरबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए । प्रदेशसभा सदस्य सिंहले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत कब्जामा लिई अनुसन्धान अगाडि बढाएको अख्तियारले जनाएको छ ।