images
images
images

चीनमा रासायनिक प्लान्टमा विस्फोट हुँदा पाँच जनाको मृत्यु

काठमाडौं, १४ जेठ – चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा विस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएको बीबीसीले जनाएको छ ।

मंगलबार राति भएको दुर्घटनामा ६ जना बेपत्ता भएका छन् । सामाजिक सञ्जालमा भाइरल फुटेजमा घटनास्थलबाट कालो धुवाँ निस्किरहेको देखिन्छ । स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ रासायनिक कारखानामा राहत र उद्धारका लागि २०० भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू खटाइएको थियो । कम्पनीको वेबसाइटका अनुसार यहाँ कीटनाशक र औषधि उत्पादन गरिएको थियो ।