काठमाडौं, १४ जेठ – विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक आधा घण्टालाई स्थगित गरिएको छ ।
आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरे ।
त्यसपछि बैठक आधा घण्टालाई स्थगित गरिएको हो ।
मंगलबार पनि विपक्षी दलका सांसदले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेका थिए ।









