images
images
images

बजेटकाे अघिल्लाे दिन बढ्याे शेयर बजार

काठमाडौं, १४ जेठ – लामो समयदेखि साइडवेजमा रहेकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक  बढेकाे छ ।

आज नेप्से १७  दशमलव ४४ अङ्क अर्थात् ० दशमलव ६५ प्रतिशतले बढेर दुई हजार ६९३ दशमलव ६ विन्दुमा कायम भएको हाे ।

आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर  ७७ हजार ३१६ पटक किनबेच हुँदा  ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३ सय ३४दशमलव ५२ मा किनबेच भएका छन् ।

 

 

आज ३२३ कम्पनीको दुई करोड सात लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर ७७ हजार ३१६ पटक खरिदबिक्री हुँदा आठ अर्ब ५८ करोड ६० लाख चार हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा जीवन बीमा समूह शून्य दशमलव २४, लघुवित्त शून्य दशमलव २६, निर्जीवन बीमा शून्य दशमलव २६ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।

 

अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ८८, विकास बैंक एक दशमलव २९, वित्त शून्य दशमलव १८, होटल तथा पर्यटन शून्य दशमलव ८१ र जलविद्युत् समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ ।

 

त्यस्तै लगानी शून्य दशमलव ०३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव ११ र व्यापार समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

 

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

सबैभन्दा धेरै घट्नेमा भने बाहारी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।