काठमाडौं, १५ जेठ – आज नेकपा (एमाले) र राजावादीहरुले राजधानीमा प्रर्दशन गर्ने भएका छन् । एमालेले गणतन्त्रको उत्सव मानउन र राजावादीहरुले राजा फर्काउने अभियान अन्तरगत रत्नपार्कमा प्रदर्शन गर्न लागेका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीले सोही स्थानमा कार्यक्रम गर्ने अनुमती दिएको छ।
पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी नेताहरुको समेत सहभागीमा राजावादी सडकमा आउन लागेका हुन् । राजावादीहरुले उपत्यका बाहिरबाट समेत मानिसहरू ल्याएर काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।
अहिले बिहान ११ बजे विभिन्न ठाउँबाट निस्केर दिउँसो एक बजे रत्नपार्कमा जम्मा हुने राजावादीहरुको कार्यक्रम रहेको छ । यता, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी पङ्तिलाई गणतन्त्र दिवस मनाउन सडकमा आउन निर्देशन दिएका छन् ।


लाल्टिन खबर 






