रोष्टरमा पर्न चाहनेका लागि १५ दिनेको अवधि राखेर सूचना दिने तयारी परिषदले गरेको हो।

यस्तै, बिहीबारको संवैधानिक परिषद्को बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गरेको छ। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।

संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेमा श्रेष्ठ २०८१ साल असोज १९ गतेसम्म प्रधानन्यायाधीश हुनेछन्।

उनी कानुन सेवाबाट सन् १९८४ बाट सरकारी सेवामा प्रवेश गरेका थिए। जिल्ला न्यायाधीश, पुनरोवदन अदालतको न्यायाधीश हुँदै उनी सन् २०१६ मा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए।

साउन २० गतेबाट हरिकृष्ण कार्की ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदैछन्। अवकाशको एक महिनाअघि नै अर्को प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि दुई दिन मात्रै बाँकी रहँदा सिफारिस गरिएको हो।