काठमाडौँ – विपक्षी दलहरूले संसद्मा बजेट प्रस्तुत गर्न दिने भएका छन्। त्यसपछिका प्रक्रियामा भने अवरोध कायमै राख्ने प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराए।

बिहीबारको बैठक सुरु हुनसाथ प्रमुख सचेतक पाण्डेले सबै विपक्षी दलहरूको रणनीतिबारे जानकारी गराएका हुन्। उनले आफूहरू संविधानको रक्षक, पालक र कार्यान्वयनका लागि प्रतिबद्ध रहेकाले त्यसैअनुसार बजेट प्रस्तुत गर्न भने दिने बताए।
मध्यराति बिचौलियाको सक्रियतामा यो सरकार बनेपछि भ्रष्टाचार बढ्दै गयो । यसैको कडीका रुप्मा भिजिट भिसा प्रकरण आएको छ। यसलाई लिएर हामीले गृहममन्त्री ज्यूको राजीनामाको कुरा उठाइरहेका छौं’, उनले भने, ‘तर हामी संविधानको रक्षा र कार्यन्वयनमा प्रतिबद्ध छौं । संविधान अनुसार नै जेठ १५ गते बजेट पेस गर्ने व्यवस्था गरिएको छ। यसकारण हामी जिम्मेवारीपूर्वक आज बजेट पेस गर्ने विषयका लागि मात्रै हामीले सदनलाई अगाडि बढाउन दिेएका छौं। त्यसपछिका अरु कुनै काम अगाडि बढाउन दिने छैनौं।’
बजेटपछिका अन्य प्रक्रियामा भने आफूहरूको अवरोध कायमै रहने पनि पाण्डेले स्पष्ट पारे। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकका राजीनामा माग्दै १३ गतेदेखि निरन्तर सदनमा अवरोध गर्दै आएका छन्।


लाल्टिन खबर 






