काठमाडौँ – दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन हुने भएको छ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्। यसबाट थप १२ लाख धान उत्पादन हुने सरकारको अपेक्षा छ।
चैते धान खेतीका लागि सिंचाइ पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन भएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मध्य तथा उच्च पहाडी जिल्लाका ८० वटा स्थानीय तहमा उच्च मूल्यका बाली वस्तुको खेती प्रवर्द्धन गर्ने सरकरको योजना छ। यसका लागि ८३ करोड रुपैयाँ विनियोजन भएको छ।



लाल्टिन खबर 







