images
images
images

ऊर्जा मन्त्रालयले पायो ८६ अर्ब १ करोड बजेट

काठमाडौँ – ऊर्जा तथा जनस्रोत मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन भएको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा प्रस्तुत गरेको बजेट भाषणमार्फत ऊर्जा मन्त्रालयका लागि आवश्यक बजेट विनियाेजन गरेका हुन् ।

 

सरकारले समय अनुसार बिजुलीको शुल्क फरक गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

औद्योगिक तथा गार्हस्थ्य ग्राहकको लागि विद्युत्को खपत समयका आधारमा फरक फरक महसुल निर्धारण गरिनेछ, अर्थमन्त्री पौडेलले भने ।

अहिले जुनसुकै समयमा पनि विद्युतकाे समान महसुल लगाइँदै आएको छ । पिक समयमा धेरै र अन्य समयमा कम महसुल लगाउने गरी सरकारले व्यवस्था गर्न लागेको हो ।