काठमाडौं – सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै दिवा खाजालाई निरन्तरता दिइएको बताए। उनले दिवा खाजामा २८ लाख विद्यार्थी लाभान्वित हुने बताए।
त्यस्तै विद्यालयको गुणस्तर बढाउन र स्नातक पास गरेका विद्यार्थी स्वयंसेवक शिक्षाको रूपमा परिचालन गरिने उनले बताए।


लाल्टिन खबर 






