काठमाडौँ– राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न १ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको छ।
बिहीबार आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौैडेलले युवा शक्तिको दक्षता विकास गरेर राजगार कार्यक्रम सञ्चालन गरिने बताए।

उनले प्रदेशहरूमा रोजगार मेला सञ्चालन गरिने, श्रमगन्तव्यको विविधिकरण गरिने, युवालाई श्रमसँग जोड्न श्रम पोर्टल सञ्चालन गरिने, विदेशमा श्रम गर्न जाने महिलाका लागि सुरक्षा प्रत्याभूति गर्न थप सम्झौताहरू गरिने बताए।









