images
images
images

सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन

काठमाडौं – सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

उनका अनुसार, जनता आवास कार्यक्रमअन्तर्गत एक हजार घर निर्माण र सुरक्षित नागरिक आवासअन्तर्गत पाँच हजार घरको फुसको छानो विस्थापन गर्न ७५ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

आगामी आर्थिक वर्षमा ७२७ किलोमिटर सहरी तथा ग्रामीण सडक कालोपत्रे तथा स्तरोन्नति ४६ स्थानीय सडक पुल, २०० झोलुंगेपुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको बताए । नगर विकास कोषको पुनर्संरचना गरी लगानी क्षमता अभिवृद्धि गर्ने बताए ।